थप १,०६६ जनामा कोरोना पुष्टि, १,२३४ जना संक्रमणमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । गत २४ घण्टामा देशभर थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, १,२३४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । शनिबार सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ ।

प्रतिक्रिया