नेपाल अमेरिकासँग ६ विकेटले पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ भदौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो । अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । नेपालले अर्को खेल भोलि ओमानसँग खेल्नेछ

प्रतिक्रिया