दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने बारे छलफल
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । सरकारले दशैँ तिहारमा घर जानेहरूका लागि असोज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले बताए ।
अग्रिम टिकट बुकिङ खुलाउनेबारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०÷११ गतेदेखि बुकिङ खुलाउने तयारी गरेको बताए ।
छलफलमा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ १० गतेदेखि टिकट बुकिङ खुलाउन सहमत भएको छ । आफूहरूसँग झन्डै सय वटा कम्पनी आबद्ध रहेका र अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सहमति जनाएको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना सङ्क्रमणको जोखिम नघटेको र प्रदेशभित्र चल्ने गाडीको भाडा समायोजन नभएकाले पनि अग्रिम बुकिङमा समस्या रहेको उनको भनाइ छ ।

प्रतिक्रिया