चीनबाट ४४ लाख डोज खोप आइपुग्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप शुक्रवार दिउँसो काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको हो ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।
आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिएका छन् । यो खोप १८ वर्षदेखि ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ ।

प्रतिक्रिया