पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गरे : योगेश भट्टराई
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी यही दलमै फर्किने जिकिर गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौँ तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गरे । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।’
सचिव भटृराईले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वाससमेत व्यक्त गरे ।

प्रतिक्रिया