सुनको मूल्य एकैदिन प्रति तोला १४ सय घट्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १ आश्विन

काठमाडौं, १ असोज । केही दिनयता सुनको मूल्यमा गिरावट हुँदै आएको छ । यसतै, शुक्रबार सुनको मूल्य प्रति तोला एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको शुक्रबार ८९ हजार एक सय रुपैयाँ छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया