कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २ जना
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ भाद्र

काठमाडौं, ३१ भदौ । गत २४ घण्टामा देशभर थप ११ जना कोरोना सङ्क्रमितको ज्यान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा १ हजार ५११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
यही अवधिमा १ हजार ६८९ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा २५ हजार ७७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया