पुष्पन र प्रविशाको ‘तिम्रो मन’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ भाद्र

काठमाडौं, ३१ भदौं । पुष्पनको प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धि पौडेललाई फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्रफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।

‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीत र त्यसको भिडियो स्रोता÷दर्शकमाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुने छ भन्ने आशावादी छौ’, निर्देशक शाहीले भन्नुभयो । ‘तिम्रो मन’ को केही समय पहिला टिजर पनि सार्वजनिक भएको थियो । गीतको टिजरले दर्शकको अत्यधिक साथ पाएको थियो । गीतको भिडियो साईराम पिक्चर्सको युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया