तालिबानले घर खाली गर्न आदेश दिएपछि हजारौँ मानिसको विरोध प्रदर्शन
प्रकाशित:
२०७८, ३१ भाद्र
काठमाडौं, ३१ भदौ । तालिबानले घर खाली गर्न आदेश दिएपछि अफगानिस्तानको कान्दाहार राज्यमा हजारौँ मानिसले विरोध प्रदर्शन गरेका छन् ।
तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको हो ।
सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो । तालिबानको कब्जापछि अफगानिस्तानमा मानव अधिकारको भयावह अवस्था देखिएको टिप्पणीहरू हुँदै आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार