नेपाल खबर

थप १,७६० जनामा कोरोना पुष्टि

काठमाडौं, ३० भदौ । गत २४ घण्टामा देशभर थप १,७६० जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी सो संख्यामा संक्रमण पुुष्टि भएको हो ।
त्यस्तै १,२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Click to comment
To Top