महामारीले रोकिएको राष्ट्रिय जनगणना कार्य सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, ३० भाद्र

काठमाडौं, ३० भदौं । कोरोना महाकारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण कार्य बुधबारदेखि शुरु भएको छ । तथ्थांङ विभागले सुपरिवेक्षक तालिम २७ गतेदेखि २८ गतेसम्म सुपरिवेक्षक तालिम सुरु गरेको थियो । बुधबारदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गर्न कार्यक्रम रहेको तथ्यांक विभागले जनाएको छ ।

घर तथा घरपरिवार सूचीकरण गर्न ८ हजार सुपरिवेक्षक खटाइएको छ । उनीहरुलाई यसअघि बैशाखमा तालिम दिइएको हो । जनगणनाका लागि २३ कार्तिकदेखि १६ गतेसम्म गणकलाई तालिम दिने कार्यतालिका रहेको छ ।

यस्तै, मूल गणना कार्य भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । १२औँ जनगणना गर्न विभागले ३९ हजार गणक माग गरेको थियो । तर, त्यसको नतिजा सार्वजनिक भएको छैन ।

यसअघि बैशाख २५ देखि असार ८ सम्ममा जनगाण्ना सम्पन्न गर्ने भनिएको थियो । तर, कोरोना भाइरसको महामारीको कारण जनगणाना स्थगित भएको थियो । त्यसपछि साउनको अन्तिम सातादेखि गर्ने प्रस्ताव विभागले गरेको थियो ।

प्रतिक्रिया