नेपालमाथि ओमानको सहज जित
अखबार टुडे
प्रकाशित:
२०७८, ३० भाद्र

काठमाडौं, ३० भदौ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खला अन्तरगतको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १९७ रनको लक्ष्य घरेलु टिम ओमानले ३१.१ ओभरमा पूरा गरेपछि नेपालमाथि सहज जित निकालेको हो ।

ओमानको जितमा ओपनर जतिन्दर सिंहले शतक प्रहार गरे । उनले १०७ रनको योगदान गरे । उनले ६२ बलमा १२ चौका र ६ छक्का हिर्काए । यस्तै सुरज कुमारले २० रन र आयन खानले १८ रन जोडे। मोहमद नदीमले नटआउट ३८ रन बटुले ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले २–२ विकेट लिए ।
त्यसअघि अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा अलआउट भयो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ९० रनको योगदान दिए ।

अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहितकुमार पौडेलले २० रन जोड्दा विनोद भण्डारी ६ रनमै आउट भए । सोमपाल कामी ७ रन, कुशल मल्ल ४ रन र विक्रम शोव २ रनमा आउट भए । सन्दीप लामिछाने १६ रनमा रनआउट भए । करण केसीले २१ रनको योगदान गरे । बलिङमा ओमानका बिलाल खानले चार विकेट लिन सफल भए ।

प्रतिक्रिया