तत्काल ६० करोड डलर जुटाउन सके अफगानिस्तानका दश लाख मानिसलाई राहत पुग्नेछ : राष्ट्रसङ्घ
अखबार टुडे
प्रकाशित:
२०७८, २९ भाद्र

काठमाडौं, २९ भदौ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिदैं तत्काल ६० करोड डलर सहयोगका लागि अपिल गरेको छ । जेनेभामा भएको सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गरिएको हो ।
त्यहाँ तत्कालै खाना, औषधि र सरसफाइ अति आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ । ६० करोड डलर सहयोग जुटाउन सके दशौँ लाख मानिसलाई राहत पुग्ने भनिएको बीबीसीले जनाएको छ । राष्ट्र सङ्घले सहायताकर्मीलाई नरोक्न पनि तालिबानसँग आह्वान गरेको छ ।
साथै अफगानिस्तानमा महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ । संयुक्त राष्ट्र सङ्घकी अधिकार प्रमुख मिसेल बाचेले तालिबानीहरूलाई महिला अधिकार र सम्मानको घोषणाबारे स्मरण गराएको छ ।

प्रतिक्रिया