आइसिसी विश्वकप लिग–२ : नेपालले अमेरिकालाई ५ विकेटले हरायो
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २९ भदौ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको छ ।
सोमबारदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रनको योगदान दिए । उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै, रोहितकुमार पौडेलले नटआउट ६२ रन जोड े। उनले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे । उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २३ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट हुँदा कुशल मल्लले १ रनमै पेभिलियन फर्के ।
बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २–२ विकेट लिए । ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोडेको थियो ।अमेरिकाका लागि विकेटकिपर मोनांक पटेलले शतक प्रहार गरेका थिए ।

प्रतिक्रिया