अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई यसै साता स्वदेश फर्काइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको जनाएको छ । अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएसँगै विभिन्न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन् ।

यसअघिको उद्धारमा छुटेका ३४ जना नेपाली नागरिकहरू काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको अफगानिस्तान समेत हेर्दै आएको दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले बिबिसी नेपालीलाई बताएका छन् । उनका अनुसार एउटा निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन दूतावासले पहल गरिरहेको छ ।

‘त्यहाँ रहेका नेपाली नागरिकहरू उसको चार्टर्ड उडानमा ल्याइदिन आईडीजी भन्ने कम्पनी तयार देखिएको छ । सम्भवतः यसै साताभित्र काबुलमा रहेका ३४ जना नेपालीहरू स्वदेश फर्किनुहुनेछ’ सुवेदीले बीबीसीसँग टेलिफोनमा भनेका छन् ।

आईडीजीले आफ्नो वेबसाइटमा अफगानिस्तानसहित म्यानमार, सोमालिया लगायतका देशमा निजी सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ । सुवेदीका अनुसार काबुलमा रहेका नेपाली नागरिकहरूलाई त्यही कम्पनीले खाने र बस्ने प्रबन्ध गरिरहेको छ ।

बिबिसी नेपालीका उल्लेख भएअनुसार काठमाण्डूबाट चार्टर्ड उडान फर्किँदा उसको कम्पनीमार्फत् राष्ट्रसंघीय निकायमा काम गर्ने नेपालीहरू यसअघि बिदामा आएका उनीहरूलाई लैजान प्रस्ताव गरेको छ ।

अफगानिस्तानको तरल राजनीतिक अवस्थाका कारण अहिले नै बिदामा आएका नेपाली नागरिकहरू फर्काउन नेपालले निर्णय नदिएको अधिकारीहरूले बताएका छन् ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघहीँ रहेको दूतावासले जनाएको छ । गत महिना अफगानिस्तानको सत्ता तालिबानले हातमा लिएपछि बिदामा आएका ४३ जना नेपालमै रोकिएका थिए ।

सुबेदीले भने, ‘उसले ३४ जनासहित बिदामा आउन चाहेका थप १०० जनालाई नेपाल ल्याएर यहाँ रहेका ४३ जनालाई फर्काउन कुरा गरिरहेको छ । नेपालमा रहेकालाई पुनः पठाउन हामीले अहिले नै सहमति दिएका छैनौँ, पहिले त्यहाँ स्थिरता के हुन्छ भनेर हेर्नुप¥यो ।’

वैदेशिक रोजगार विभागका निर्देशक कमल ज्ञवालीले नेपाली नागरिकहरूका लागि जोखिम कायमै रहेकाले अफगानिस्तानबाट बिदामा आएकालाई अहिले नै फर्किन सहमति दिन नसकिने बताएका छन् ।

यसअघि अफगानिस्तानमा रहेका नेपालीहरूको स्वदेशफिर्तीका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासबाट समन्वय गर्न विभिन्न सम्पर्क माध्यमहरू सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया