उत्तर कोरियाद्वारा क्रुज मिसाइलको सफल परीक्षण, १५ सय किलोमिटरसम्म पुग्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौ (एजेन्सी) । उत्तर कोरियाले लामो दुरीको नयाँ क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको परीक्षण गरीएको त्यहाँको सरकारी न्युज एजेन्सी केएनसिएले सोमबार जानकारी दिएको हो ।
परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ । अहिले जापानको राजधानी टोकियोमा अमेरिका, जापान र दक्षिण कोरियाबीच उत्तर कोरियाको विषयमा छलफल गर्न गइरहेको बेला मिसाइल परीक्षण गरिएको छ । उत्तर कोरियाले परीक्षण गरेका ती मिसाइललाई ‘निकै महत्व भएका रणनीतिक हतियार’ का रूपमा व्याख्या गरेको छ।

गत जनवरीमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले सपथ लिएका बेला पनि उत्तर कोरियाले क्रुज मिसाइल परीक्षण गरेको थियो। उत्तर कोरियाको परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलका कारण अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका छन्। उत्तर कोरियामाथि विगतमा कडा नाकाबन्दी लगाउने गरी राष्ट्रसंघबाट संकल्प प्रस्ताव पास भएको थियो । अहिले देशले खाद्यान्न संकट र आर्थिक समस्याहरुको सामाना गरिरहेको छ ।

प्रतिक्रिया