थप १,४८६ जनामा कोरोना पुष्टि
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौं । गत २४ घण्टामा देशभर थप १,४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १,१४९ जना र ४,००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएकोसँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ । यससँगै देशभर सक्रिय संक्रमितको कुल संख्या २६ हजार ६३० पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
