एमाले अध्यक्ष ओलीको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा परेको रिट सोमबार सर्वोच्चको बेन्च–बार समन्वयको बैठक परेकाले हेर्न नभ्याइने सूचीमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

ओलीले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाहीलाई वैधानिकता दिएर उनीहरूको सांसद पद निलम्बन गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दिएको थियो । रिटमा निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया