यस वर्ष दशैं तिहारका लागि नयाँ नोट साट्न पाइने
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले दशैं तिहारको लागि नयाँ नोट वितरण गर्ने भएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए ।
‘क’ वर्गका बैंकहरुले समेत दशैं तिशारका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।

प्रतिक्रिया