तलिबानद्वारा महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति
अखबार टुडे
प्रकाशित:
२०७८, २८ भाद्र

काबुल, २८ भदौ (एजेन्सी) । तालिबानले अफगानिस्तानमा सत्ता सम्हालेपछि विद्यालयमा छात्राहरुलाई छात्रहरुसँग बस्न नपाउने नियम बनाएको छ ।
उच्च शिक्षा मन्त्र अब्दुल बकी हक्कानीले महिलालाई अध्ययनका लागि अनुमति दिने तर पुरुषसँग बस्न नपाउने बताएको छ । उनले विद्यार्थीले पढ्ने विषयको समेत समीक्षा गरिने बताएको छ । यस्तै, उच्च शिक्षा लिने महिला विद्यार्थीका लागि इस्लामी पोसाक अनिवार्य गरिएको छ ।
महिला विद्यार्थीले शरीर पूरै ढाक्ने बुर्का लगाउनु पर्ने छ । यस्तै, पुरुष शिक्षकले पर्दा पछाडि बसेर महिलाहरुलाई पढाउनु पर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । महिलाहरुलाई सरिया कानुन अनुसार अध्ययनका लागि अनुमति दिने तालिबानले स्पष्ट पारेको छ ।
यसअघि तालिबानले आफ्नो शासनकालमा महिलालाई उच्च शिक्षामा रोक लगाएको थियो । सन् १९९६ देखि २००१ को बीचमा अफगानिस्तानमा तालिबानको शासन थियो । त्यतिबेला महिलालाई उच्च शिक्षामा तालिबानले रोक लगाएको थियो भने जागिर गर्न र एक्लै घर बाहिर निस्कन पनि रोक लगाएको थियो ।

प्रतिक्रिया