नेपाल बङ्गलादेशसँग बराबरीमा रोकियो
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

काठमाडौं, २७ भदौ । नेपाली राष्ट्रिय महिला टोलीले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि बराबरीमा सकिएको हो ।
दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि चुकेका थिए । यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले बङ्गलादेशलाई दुई– एकले हराएको थियो ।

प्रतिक्रिया