सेप्टेम्बर ११ हमलाका योजनाकार मुद्दाको अन्तिम फैसलाको पर्खाइमा
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

न्युयोर्क, २७ भदौ ( एजेन्सी) । बीस वर्षअघि अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा विमान जोताउने षड्यन्त्रको मुख्य योजनाकार मानिएका एक व्यक्ति आफूविरुद्ध दायर भएको मुद्दाको अन्तिम सुनुवाइ कुरिरहेका छन् । कुवेती नागरिक खालिद शेख मोहम्मद अन्तिम फैसलाको पर्खाइमा छन् ।

अमेरिकी गुप्तचर निकाय एफबीआईका विशेष एजेन्ट फ्रयांक पेलेग्रिनोको अध्ययनमा सो हमलामा मोहम्मदको संलग्नता देखिन्छ । मोहम्मद अतिबादी समूह अल–कायदाका तत्कालीन नायिके ओसामा बिन–लादेनसँग जोडिएका व्यक्तिसमेत हुन् । जुम्ल्याहा भवन हमलामा संलग्न एक व्यक्तिलाई पैसा पठाउन उनले योजना बनाएको अमेरिाकीे दाबी छ । उनले विमान चालकहरूलाई तालिम दिने योजना बनाएको समेत अमेरिकाको भनाई छ । लामो खोजीपछि अमेरिकी सेनाले सन् २००३ मा पाकिस्तानमा मोहम्मदलाई पक्राउ गरेको थियो ।

सत्य तथ्य पत्ता लगाउन भन्दै उनलाई अमेरिकाले चरम यातना दिएको थियो । उनलाई पानीमा डुबाउनेदेखि निर्वस्त्र बनाइएको थियो । तर, उनले दिएको अधिकांश विवरण भुट भएको सिनेटको एउटा प्रतिवेदनमा उल्लेख छ । पर्याप्त प्रमाणको अभाव कोभिड महामारीलगायतका कारण उनीबिरुद्धको मुद्दाको फैसलाले किनारा लाग्न नसकेको अमेरिकी अधिकारीहरु बताउँछन् । यसैबीच, मुद्दाको अन्तिम फैसला आउन अझै २० वर्ष लाग्ने मोहम्मदका वकिल बताउँछन् ।

प्रतिक्रिया