रेखा भन्छिन्, ‘दुई वर्षपछि बिहे गर्छु’
अखबार टुडे
प्रकाशित:
२०७८, २७ भाद्र

काठमाडौं, २७ भदौं । ‘तारेभीर’ अभिनेत्री रेखा फागोले दुई वर्षपछि घरजम गर्ने बताएकी छन् । आइतबार अनौपचारिक कुराकानीमा रेखाले भनिन्, ‘दुई वर्षपछि विहे गर्ने हो, नत्र त बुढी भइन्छ ।’

तीज सन्दर्भमा रेखाले केही फोटो खिचेकी छन् । ती फोटोसुटको बारेमा कुरा प्रशंग ल्याउँदा उनले भनिन्, ‘अबको दुई वर्षपछि विहे गर्ने सोच छ ।’ आफ्नो बुटिकको प्रमोशनका लागि उनले तीजमा रातो सारीमा फोटोसुट गरेकी छन् । जुन फोटोमा उनी विवाहित महिलाजस्तै देखिएकी छन् । यिनै प्रशंगलाई जोडर रेखाले विवाहको कुरा गरेकी हुन् ।

रेखा पछिल्लो समय फिल्मी अनिभयमा भन्दा मोडलिङमा व्यस्तछिन् । केही दिनअघि मात्र काठमाडौं आएकी रेखा धेरैजसो आफ्नो गृहनगर धरानमै बस्छिन् । एक औपचारिक कार्यक्रमका लागि काठमाडौं आएकी रेखाले भनिन्, ‘अब केही दिन काठमाडौं बस्छु होला । कामको कुराहरु भइरहेको छ ।’

पछिल्लो समय रेखा अभिनीत म्युजिक भिडियो ‘डाँडा बजार’ दर्शक तथा श्रोताले निकै रुचाएका छन् भने हालैमात्र लिम्बू भाषाको गीत ‘स्याम्याङ्फूङ’ सार्वजनिक भएको छ । उक्त भिडियोलाई पनि रुचाइएको छ ।

म्युजिक भिडियोका लागि रोजिएकी मोडलमध्ये पर्छिन् रेखा । धरानमा आर. स्क्वेर नामक फेसन बुटिक सञ्चालन गर्दै आएकी रेखा भन्छिन्, ‘म्युजिक भिडियोमा काम आएको बेला काठमाडौं आउने गरेकी छु, नत्र धरामै बस्छु ।’

प्रतिक्रिया