थप ९९४ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २६ भाद्र

काठमाडौं, २६ भदौं । गत २४ घण्टामा देशमर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३,७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने आज १,३८६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया