सुनिताको ‘के म हजुरलाई’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २६ भाद्र

काठमाडौं, २६ भदौं । गायिका सुनिता थेगिम लिम्बूको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘के म हजुरलाई’ बोलको उक्त गीतको भिडियोमा गायिका सुनिता र विशाल राई फिचरिङ छन् ।

रोमान्टिक आधुनिक यस गीतमा संगीत निलम रोजु राईको रहेको छ । गायिका समेत रहेकी निलम पछिल्लो समय गायनमा भन्दा संगीत सिर्जना गर्नुमा व्यस्त छन् । लिलादास साम्पाङको शब्दरचना रहेको यस गीतको भिडियोमा सुनिता र विशालको अनस्क्रिन रोमान्स प्रस्तुत गरिएको छ ।
प्रायः पुर्वेली लोकगीत गाउँदै आएकी सुनिताले यस गीतका लागि निकै मिहिनेत गरेकी छन् । गीतको भावअनुसार संगीत दिइएको छ भने भिडियो सिम्पल तरिकाले स्क्रिान प्ले गरिएको छ ।

प्रतिक्रिया