मंगलबार बस्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक
प्रकाशित:
२०७८, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक यही भदौ २९ गते मंगलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ । पार्टीको यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा गर्न लागिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
