अब यु-ट्युबबाट हुने आम्दानीमा पनि कर
अखबार टुडे
प्रकाशित:
२०७८, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेपालमा सामाजिक सञ्जालमा कुनैपनि सामग्री अपलोड गरी विदेशबाट आम्दानी गर्नेहरूलाई १ प्रतिशत अग्रिम कर लाग्ने भएको छ ।

सरकारले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत विदेशबाट भएको आम्दानीको भुक्तानी दिने संस्थाले सुरुमै १ प्रतिशत अग्रिम कर उठाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री अपलोड गरेबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्नेहरूलाई भुक्तानी दिने बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने छ ।

प्रतिक्रिया