संखुवासभा घटनाको एक आरोपी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, २६ भाद्र

संखुवासभा, २६ भदौं । संखुवासभाको मादी घटनाका एक आरोपी प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा शनिबार बिहान प्रहरीले एक जना छिमेकी युकवलाई पक्राउ गरेको हो ।

गत सोमबार बिहानै संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

प्रहरीले हत्या नजिकका छिमेकीबाटै भएको आशंका गर्दै आएको थियो । प्रहरीका अनुसार पक्राउ परेका युवक मृतक तेजबहादुर नाताले भान्जा पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपीको पहिचान खुलाएको छैन ।

प्रहरीका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शंकाको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।

प्रतिक्रिया