पिएनजीमाथि नेपालको सानदार जित
अखबार टुडे
प्रकाशित:
२०७८, २५ भाद्र

काठमाडौं, २५ भदौं । पपुवा न्युगिनी (पीएनजी) सँगको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपालले १५१ रनको फराकिलो अन्तरको जित निकालेका छन् ।

नेपालले जितका लागि दिएको २३४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा अलआउट भयो । पपुवा न्यूगिनीको ब्याटिङ ध्वस्त बनाउने क्रममा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका छन् । पीएनजीलाई कम स्कोरमा अलआउट गर्न सन्दीपले ५.१ ओभर बलिङ गर्दै ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । यस्तै केसीले २६ बलमा ४२ रन बनाए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए ।

प्रतिक्रिया