प्रतिपक्षीको अवरोधबीच तीनवटा विधेयक स्वीकृत
अखबार टुडे
प्रकाशित:
२०७८, २५ भाद्र

काठमाडौं, २५ भदौं । एमाले सांसदको अवरोधका बीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक स्वीकृत भएको छ ।
शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको हो ।
ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

प्रतिक्रिया