मन्त्रीहरुको नामावली दिन प्रधानमन्त्री देउवाको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २५ भाद्र

काठमाडौं, २५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसँग आग्रह गरेका छन् ।
आज बिहान (शुक्रबार) बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनले मन्त्रीहरुको नाम दिन आग्रह गरेको हो । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

प्रतिक्रिया