एमसीसी उपाध्यक्ष सुमारसँग माओवादी अध्यक्ष प्रचण्डले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, २५ भाद्र

काठमाडौं, २५ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच शुत्रबार (बिहान) प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ ।
करिब एक घण्टा भएको कुराकानीमा सुमारसँग प्रचण्डले एमसिसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेकाले राष्ट्रिय सहमति बनाएरमात्रै यसलाई पारित गर्नु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताएको थियोे ।यस्तै, प्रचण्डसँगको भेटमा सुमारले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी छन् ।
सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । हिजो नेपाल आएलगत्तै उहाँले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईसँग पनि उनले छलफल गरेकी छन् ।

प्रतिक्रिया