प्रचण्ड भेट्न एमसीसी टोली खुमलटारमा, आजै प्रधानमन्त्री देउवासँग भेट्दै
अखबार टुडे
प्रकाशित:
२०७८, २५ भाद्र

काठमाडौं, २५ भदौं । एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली भेटघाटमा व्यस्त छन् । बिहीबार काठमाडौं ओर्लिएका यो टोलीले आएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

यस्तै, आज बिहान (शुक्रबार) माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी टोली खुमलटार पुगेका छन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।

अध्यक्ष प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छन् । बिहीबार नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् । आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ दलहरुबीच नै मतभिन्नता रहँदै आएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेमा दलहरुबीच मत भिन्नता भइरहेको बेला जनस्तरमा यसको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया