बङ्गलादेशसँगको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित
अखबार टुडे
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं । बङ्गलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल दुई–एकको गोल अन्तरले विजयीे भएको छ । नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गोल गरे । सविताले खेलको १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गोल गरिन् ।
यस्तै, खेलको दोस्रो हाफमा बङ्गलादेशले एक गोल ग¥यो । उसका लागि खेलको ८३ औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदो आइतवार हुनेछ ।

प्रतिक्रिया