थप १ हजार २७१ जनामा कोरोना पुष्टि
प्रकाशित:
२०७८, २४ भाद्र
काठमाडौं, २४ भदौं । गत २४ घण्टामा देशभर थप १ हजार ८४५ जना निको भएका छन् भने १ हजार २७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन र पीसीआर गरी ११ हजार ९४४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै यही अवधिमा थप १४ जनाले सङ्क्रमणबाट ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ९०३ पुगेको छ । अहिले २८ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार