गानीद्वारा राज्यकोषबाट लाखौँ डलर लिएर देश छाडेको आरोपको खण्डन
अखबार टुडे
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं (एजेन्सी) । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि भागेर संयुक्त अरब इमिरेट्स (युएई)मा शरण लिइरहेका अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गानीले देश छाडेर भाग्नुको कारण खुलाएका छन् ।

देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर देश छाडेर भाग्नु काराण खुलाएका हुन् । विज्ञप्तिमा जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाई छ । साथै, गनीले माफी पनि मागेका छन् ।

यस्तै, अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले खण्डन गरेका छन् । काबुल छोड्दा गनीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो भाइरल भएको थियो । घानीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । घानी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति बनेका थिए ।

प्रतिक्रिया