नेपाल आइपुगिन् एमसीसी उपाध्यक्ष नेतृत्वको टोली
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चारदिने भ्रमणका लागि काठमाण्डौ आइपुगेका छन् ।
उनीहरु कतार एयरवेजमार्फत बिहीबार काठमाण्डौ आइपुगेकोे नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । उपाध्यक्ष सुमारको टोलीले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
चार वर्ष पुग्नै लाग्दा पनि एमसीसीसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी गरे पनि गठबन्धन दलहरुभित्रै यसबारे विवाद छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त