बहराइनमा सयौं नेपाली तथा विदेशी श्रमिक आन्दोलित
अखबार टुडे
प्रकाशित:
२०७८, २४ भाद्र

काठमाडौं, २४ भदौं । सुरक्षाको उचित प्रबन्धको माग गर्दै बहराइनमा सयौं नेपाली तथा विदेशी श्रमिक आन्दोलनमा उत्रिएका छन् ।बहराइनको बहराइन पेट्रोलियम कम्पनी ९बाप्को० अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि उनीहरूले आन्दोलन थालेका हुन् । उक्त प्रशोधन केन्द्रमा नासिर सिड अल हाजरी कर्पोरेसनअन्तर्गत ७ सय नेपालीसहित झन्डै ६ हजार श्रमिक कार्यरत छन् ।

प्रशोधन केन्द्रमा मंगलबार मध्याह्न खाना खाइरहेका बेला एक श्रमिक अचानक ढलेपछि अरूले तुरुन्तै अस्पताल लैजान माग गरेका थिए । अस्पताल तत्काल नलगिँदा ती श्रमिकको मृत्यु भएको थियो । उनी कुन देशका हुन् भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया