रेस्लर भगवतीको ‘हामी खस क्षेत्री’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २३ भाद्र

काठमाडौं, २३ भदौं । भगवती खड्का ‘युनिका’ रेस्लर मात्र होइनन्, उनी गीत गाउनका अलावा फिल्ममा पनि अभिनय गर्छिन् । नेपाली फिल्ममा खलपात्रका रुपमा चर्चा बटुलिसकेकी भगवती पछिल्लो समय भने रेस्लरका रुपमा चर्चित छिन् । उनै भगवतीले एउटा गीत हालै सार्वजनिक गरेकी छन् ।

गीतको बोल रहेको छ, ‘हामी खस क्षेत्री’ । जुन गीतका क्षेत्रीहरुले देशका लागि गरेको योगदानलाई ब्याख्या गरिएको छ । तर, यसरी एउटा समुदायको योगदानको ब्याख्या गर्दा आम नेपालीलाई भने छुन सकेको छैन । यो कुरा भगवती पनि स्वीकार्छिन् । उनी भन्छिन्, ‘यो क्षेत्रीहरुका लागि गाइएको गीत हो । गीतमा नेपालीको विरताको चित्रण गर्दा क्षेत्रीलाई लिइएको हो ।’ तर, विस्तारै महिला रेस्लरका रुपमा अन्तर्राष्ट्रिय रुपमा चर्चा बटुल्दै गर्दा भगवतीले यो गीत गाएकी हुन् ।

गीतमा जिबी क्षेत्रीको शब्दरचना रहेको छ । मीरा साउण्डमार्फत बजारमा आएको यस गीतको संगीत बिकास चौधरीले दिएका छन् । यसअघि भगवतीले नेकपाका अध्यक्ष केपी ओलीको बारेमा गीत गाएकी थिइन् । जुन गीत सामाजिक सञ्जालमा चर्चामा रहेकै बेला ‘हामी खस क्षेत्री’ गाएकी हुन् ।

प्रतिक्रिया