थप २ हजार १६१ जना कोरोना सङ्क्रमणमुक्त, १० जनाको मृत्यु
प्रकाशित:
२०७८, २३ भाद्र

काठमाडौं, २३ भदौं । गत २४ घण्टामा देशभर थप २ हजार १६१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ३३ हजार १६१ पुगेको छ ।
यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार चार सय ५५ जनाको नमुना परीक्षण गर्दा १ हजार ६४० जनामा सङ्क्रमण पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५९ हजार ५३५ पुगेको छ ।
यही अवधिमा थप १० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८८९ पुगेको छ । नेपाल हाल २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित
देशमा पश्चिमी तथा स्थानीय वायु प्रभाव, यी पाँच प्रदेशमा वर्षाको सम्भावना
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा