
काठमाडौं, २३ भदौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन् ।
नवगठित मन्त्रिपरिषद्ममा नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।
यस्तै, राज्यमन्त्रीमा जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्मन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका छन् ।
२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन् । नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनियताको शपथ लिएका छन् ।
