एमसीसी सम्झौता कार्यान्वयन नगरिने ‘प्रचण्ड’को तर्क
अखबार टुडे
प्रकाशित:
२०७८, २३ भाद्र

काठमाडौं, २३ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२औँ स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले यथास्थितिमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) यथास्थितिमा सम्झौता कार्यान्वयन नगरिने र आफू एमसीसीको समाधान गर्न चाहेको पनि बताएका छन् ।

प्रचण्डले आफुहरु गठबन्धनलाई बलियो बनाउन चाहेपनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप लगाए । त्यस्तै उनले माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्र भएकाले सचेत रहनुपर्ने बताए । साथै, एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनेको भनाइ छ ।

प्रतिक्रिया