बजेट प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र

काठमाडौं, २२ भदौं । वर्तमान सरकारले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले सो अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउन खोजेको हो ।
विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतले बताएको छ ।
भदौ १९ गते (गत शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ । तयार गरिएको विधेयक संसदमा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले)का गतिविधि आंकलन गर्ने भएको छ । बुधबार बस्ने संसद बैठकमा सो दलको गतिविधि हेर्ने र बिहीबार संसदमा विधेयक दर्ता गराउने अर्थको तयारी छ ।

प्रतिक्रिया