शेयर बजारमा फेरि गिरावट
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र

काठमाडौं, २२ भदौं । सोमबार छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ठूलो गिरावट आएको छ । आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । तर, आज मंगलबार ४४.१८ अंकले घटेर बजार २९३६.६० विन्दुमा झरेको छ । मंगलबार बजार १.४८ प्रतिशतले गिरावट आएको हो ।

मंगलबार कारोबार रकममा समेत ठूलो कमी देखिएको छ । यस दिनमात्र ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ । मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।

मंगलबार होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । म्यूचअल फण्ड र अन्य समुहबाट मंगलबार सबै उपसमूह राताम्मे रहे । यस दिन सानिमा लाइफ इन्स्योरेन्सको पोटेटिभ सर्किट लेवलमा कारोबार भयो । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी स्मार्ट लघुवित्तसहितका कम्पनीका लगानीकताले बढी कमाए । धेरै गुमाउने कम्पनीका लगानीकर्तामा आरएमडीसी लघुवित्त, रुरु जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्सजस्ता कम्पनी रहे ।

प्रतिक्रिया