शान्ति र स्थायीत्वको आशा पलाएको छ : सीमा क्षेत्रका नागरिक
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र


इस्लामावाद, २२ भदौ (एजेन्सी) । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् ।

तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा अफगानिस्तान कब्जा गरेपछि सीमा क्षेत्रका नागरिकमा यस्तो अवस्था देखिएको हो । सीमा क्षेत्रका नागरिकमा अहिले केही दिन यतादेखि मानिस आवतजावत गर्न थालेका र त्यहाँ बस्ती रहेका नागरिकमा आगामी दिनमा अवस्था सामान्य हँुदै जाने आशा पलाएको बताएका छन् ।

तालिबानीले पछिल्लो समयमा असुरक्षाको अवस्था हटाउने सङ्केत देखाएको उनीहरुको भनाइ छ । राम्रोसँग तालिबानीले अघि बढ्ने सङ्केट देखाएका र यसबाट अफगानिस्तानमा शान्ति र स्थायीत्व बढ्न सक्ने आशा पलाएको सो क्षेत्रका नागरिकको भनाइ छ ।

यी दुई देशका सीमा क्षेत्रमा तालिबानीका कारण समस्या बल्झिने गरेको थियो । सीमा क्षेत्रमा सधैँ हिंसा हुने र मानिसको ज्यान जाने गरेको थियो । पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानको सत्ता हातमा लिएकाले यस अवस्थामा सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । सीमा क्षेत्रका मानिसले कुनै पनि देशको हस्तक्षेप नगर्न र तालिबानीलाई आफै काम गर्न दिन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया