तालिबानले गर्भवती महिला प्रहरीकोे हत्या गरेको आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, २२ भाद्र

काठमाडौं, २२ भदौं । अफगानिस्तानमा तालिबानले एक महिला प्रहरीकोे घरमै प्रवेश गरेर हत्या गरेको आरोप लागेको छ ।
आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ ।
ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । तालिबानले घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया