सरकारद्वारा भारतलाई छुट्टाछुट्टै दुई कूटनीतिक नोट
प्रकाशित:
२०७८, २२ भाद्र
काठमाडौं, २२ भदौं । सरकारले दार्चुलाका तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे भारतलाई छुट्टाछुट्टै कूटनीतिक नोट पाठाएको छ ।
दुवै घटनाको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो ।
१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।
घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको ठहर गरेको छ । छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो ।
यता भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन आएको छ । नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन ।
प्रतिक्रिया
सम्बन्धित समाचार