थप १,८९७ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काठमाडौं, २१ भदौं । गत २४ घण्टामा देशभर थप १,८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । यस्तै, आज १ हजार ७४३ जना निको भएका छन् ।
हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन् । यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया