आफूखुसी हाजिर गर्ने रेल्वे कम्पनीका १५१ कर्मचारी हटाइए
अखबार टुडे
प्रकाशित:
२०७८, २१ भाद्र

काठमाडौं, २१ भदौ । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ ।
रेल सञ्चालन अनिश्चित बन्दै गएको र भएका कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब दिएर कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हो ।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले पदबाट हटने निश्चत भएपछि १ सय ५१ जनालाई कर्मचारीमा भर्ना गरेका थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि रेल्वेको महाप्रन्धकमा नियुक्त भएका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाएका हुन् ।

महाप्रन्धक झाले सूचना नै जारी गरेर झाले ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका छन् । कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ । कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको प्रबन्ध सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको थियो । रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरी ठूलो रकम भ्रष्टाचार गरेको तत्कालीन प्रबन्ध सञ्चालक भट्टराईमाथि आरोप लागेको छ ।

प्रतिक्रिया