अविरल बर्षाका कारण काठमाडौं उपत्याकाका ३ सय ८२ घर डुबानमा
प्रकाशित:
२०७८, २१ भाद्र
![](https://akhabartoday.com/wp-content/uploads/2021/09/Kathmandu-Duban.jpg)
काठमाडौं, २१ भदौ । काठमाण्डौ उपत्यकामा गएरातिदेखि परेको ठूलो वर्षाका कारण विभिन्न स्थानको ३ सय ८२ वटा घर डुबानमा परेका छन् ।
यस्तै, १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।
![](https://akhabartoday.com/wp-content/uploads/2021/09/main_qwEAixjQa0.jpg)
वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ ।
![](https://akhabartoday.com/wp-content/uploads/2021/09/kathamdnu-duban-1-768x320-1.jpg)
प्रतिक्रिया
सम्बन्धित समाचार